बाैद्ध धर्म

बाैद्ध धर्म के हो ?

    बाैद्ध शब्द बुद्धिबाट बनेको हो। जसको अर्थ हो, ‘जागृत मस्तिष्क’ जो सत्यलाइ सत्य र असत्यलाइ असत्यको दुष्टीबाट देख्न सक्षम हुन्छ।

      यो, त्यो दर्शनशास्त्र हो। जसको शुरूवात अाज भन्दा करिब २६३८ बर्षा अगाडी जन्मनु भएको महामानव सिदार्थ गाैतमले ६ बर्षाको कठोर तपस्या पश्चताप ३५ बर्षाको उमेरमा प्राप्त गर्नु भएको बुद्धत्वको त्यो अनुभवहरूलाइ देशना स्वरूप यस जगतामा छोडनु भएको थियो। हो, त्यँही दर्शनलाइ हामी बाैद्ध दर्शन भनिन्छन।

यो मार्गले पछिल्लो २६00 बर्षा देखि सर्वसत्वहरूको कल्याण गरिदै आएको छ। अब अगाडी पनि गर्दे जाने नै छन किनकी यो धर्मको मूल ज्ञान, अरू धर्मको जस्तो समय समत अस्वीकार्य छैनन। जो समय र जन सापेक्ष छन। जहाँ कुनै विभेद छैन। जहाँ कुनै बर्ग र बर्ण सुचिकृत छैन। जो समतमुलक छ। यो धर्म विश्वकै तेस्रो ठुलो धर्म हो। जहाँ चार सय मिलियन भन्दा बढी मानिसहरू धर्मबाट प्रत्यक्ष्य लाभन्वित छन।

भगवान बुद्धको नेपालमा जन्म र भारतमा बुद्धत्व प्राप्त गर्नु भएको कारणले गर्दा जम्मै भन्दा पहिला बाैद्ध धम्म एशिया महादेशमा प्रचलित भएको थियो। त्यसैले भगवान बुद्धलाइ आज शान्तीको अग्रदुत मात्रै होइनन, एशियाको ज्योति भनेर पनि भन्ने गरिन्छ। जो नेपाल र भारतको मात्रै गरिमा नभएर आज एशियाको गरिमा भएको छन। एशिया महादेशबाट फैलिएको यो धम्म विस्तारै विस्तारै यो वैज्ञानिक युगमा पनि विकासित महादेशहरूमा पनि फैलिरहेको छ।जस्तै, युरोप,अास्ट्रेलिया र अमेरिकामा बाैद्ध धम्मको व्यापक प्रचार प्रसार भइरहेको । किनकी यो धर्ममा बैज्ञानिकता,अधुनिकता र सत्य, शान्ती र मानव चेतनाको प्रेरक सविता भएको छन।

बाैद्ध धम्म असलमा धर्म शब्दको परिभाषाहरू भन्दा धेरै अगाडीको तत्व ज्ञान हो। यसैले यसलाइ हामी धर्म नभनि धम्म भन्छाै। जो अन्य धर्मसंग समतुल्य छैन। बाैद्ध धम्मलाइ हामी धर्म यसैले भन्दैनाै कि, अन्य धर्ममा जस्तो केबल आस्था, गुटबाजी, पुरोहितबाद, ईश्वरवाद, र अन्य मान्यताहरूमा यो धम्म आधारित छैनन्।

यसको लक्ष्य भनेको मानवमा यस्तो मानसिक योगयता पैदा गर्नु हो। जसले असत्यलाइ पहिचान गरी त्यसलाइ नकार्नु सकोस। र सत्य, प्रमाणिकता र तर्कको क्षमताको विकास होस। बाैद्ध धम्मले यस्तो एउटा सन्दर्भको काम गर्छन। जसको सहायताले व्यक्ति मानव जगतमा व्यप्ता हरेक किसिमको ईश्वरिय सिद्धान्त वा पैगम्बरको सन्देशहरूलाइ सही अांकलन गरि त्यो कर्मकाण्ड, परम्परा,धर्मोदेश, मान्यताहरू आदिलाइ बुझ्न सकिन्छन, छन्न सकिन्छन र नर्कान पनि सकिन्छन।

भगवान बुद्ध भन्नुहुन्छः

“तिमी कुनै पनि कुरोलाइ यसैले पनि स्वीकार नर्गनु कि, यो पहिला कहिले पनि सुनेको थिएनन्।यसैले पनि स्वीकार नगर्नु किनकी यो शदियाै देखि चलि अाएको थियो। कुनै पनि कुरोलाइ यसैले पनि नमान्नु किनकी यो हाम्रो पुर्खाहरूले भनेको थियो।कुनै पनि चीजलाइ यसैले नमान्नु कि, त्यो कुनै धर्मग्रन्थ अनकुल छ। कुनै पनि कुरोलाइ यसैले स्वीकार नर्गनु किनकी त्यो भन्ने व्यक्तिको व्यक्तित्व अाकर्षक थियो। कुनै पनि कुरोलाइ यसैले पनि स्वीकार नर्गनु किनकी, त्यो म स्वंयले नै भनेको थियो। कुनै पनि कुराहरूलाइ मान्नु वा स्वीकार गर्नु भन्दा पहिला यो सोच्नु कि, के यसले मेरो विकास संम्भव छ? कुनै पनि कुरालाइ मान्नु भन्दा पहिला त्यसलाइ बुद्धीको कसोटीमा कस्नु र स्वानुभव देखि हितकर भए मान्नु अहितकर भए नमान्नु।”